Sunday, June 28News That Matters

बरामद गरेको ११ लाख मास्क बेच्न निर्देशन

पूर्णपुष्टि, चैत ३ गते । 

प्रहरीले बरामद गरेको मास्क (मुखावरण) तत्कालै बिक्री गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद गरेका मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर दिन निर्देशन दिएको हो ।

प्रहरीले बिक्री गरेको रकम प्रहरी कोषमा नै रहने छ । प्रहरीले उपलब्ध गराएका मास्क तत्कालै बिक्री वितरण गर्न पनि महान्यायाधिवक्ता अग्नि खरेलले निर्देशन दिनुभएको हो ।

कालोबजारी गर्न लुकाएर राखेका १० लाख आठ हजार मास्क प्रहरीले आइतबार कपन र सतुङ्गलबाट बरामद गरेको थियो । त्यस्तै गत शनिबार डल्लु क्षेत्रबाट ७८ हजार मास्क बरामद गरेको थियो ।