
साउन, २५ गते ।
आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६ बरिष्ठ पत्रकार कौशल चेम्जोङसहित ४ जनालाई पुरस्किृत गर्ने घोषणा गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको “ आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६” मा बरिष्ठ पत्रकार कौशल चेम्जोङ (रेडियो), गणेश राई (छापा), शोभा श्रेष्ठ (टेलिभिजन) र राजबहादुर गुरुङ (अनलाइन) पुरस्कृत गर्ने घोषणा गरेको हो ।
विहिबार बसेका पुरस्कार छनोट समितिको बैठकले गरेको निर्णय फोनिज सचिवालयले शुक्रबार अनुमोदन गरेर विज्ञप्ति जारी गरेको सचिवालले जनाएको छ । जनही नगद २० हजार रहेको पुरस्कार फोनिजको स्थापना दिवसको अवसरमा साउन २७ गते प्रदान गरिनेछ ।
कौशल चेम्जोङ – रेडियो (त्रियुगा एफएम, उदयपुर)
२०४५ सालबाट दृष्टि साप्ताहिकदेखि पत्रकारीता सुरुवात गरेका चेम्जोङ वरिष्ठ पत्रकार हुन् । तीन दशकको निरन्तर पत्रकारीता यात्रामा चेम्जोङले ‘टंकेला साप्ताहिक’को सम्पादक÷प्रकाशक हुदै ब्लाष्ट दैनिकको कार्यकारी सम्पादक, स्पेसटाइम दैनिक, च्यानल नेपाल र रेडियो नेपालको स्थानीय सम्वाददाताको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
प्रारम्भदेखि अहिलेसम्म जनआस्था साप्ताहिकको वरिष्ठ संवाददाताको रुपमा कार्यरत चेम्जोङ रेडियो त्रियुगाको स्थापना कालदेखि स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् । चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उप–सभापति समेत हुन् ।
गणेश राई – छापा (कान्तिपुर दैनिक, काठमाडौं)
कान्तिपुर दैनिकका वरिष्ठ उप–सम्पादक गणेश राई लामो समयदेखि आदिवासी जनजातिको मुद्दामा कलम चलाउँदै आएका छन् । २०५० देखि २०७४ सालसम्म त्रिभाषीय त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ सम्पादन गरेका राईले कौशिकी, निप्सुङ, कावा लगायतका भाषिक पत्रिकामा सम्पादकको रुपमा जिम्मेवारी निर्वाह गरि सकेको छ ।
२०४८ सालबाट वाम्बुले राई भाषा लेखन थालनी गरेका राई ‘किरात राई पत्रकार संघ’का संस्थापक अध्यक्ष हुन् भने फोनिजको सल्लाहकार पनि हो ।
शोभा श्रेष्ठ – टेलिजिभन (नेपाल टेलिभिजन, काठमाडौं)
नेपाल टेलिभिजनमा वरिष्ठ समाचार सम्पादकको रुपमा कार्यरत शोभा श्रेष्ठ लामो समयदेखि आदिवासी जनजातिको विषयमा कलम चलाउँदै आएका छन् । आदिवासी जनजातिको भाषा, कला, संस्कार संस्कृति, रितिरिवाज र परम्परामा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशाण गर्दै आएका हुन् । श्रेष्ठ नेवाः पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरिसेको छन् ।
राजबहादुर गुरुङ – अनलाइन (यूनाइटेडखबर डटकम, कास्की)
२०५१ सालबाट पत्रकारितामा सक्रिय रहेका राजबहादुर गुरुङ पोखराबाट प्रकाशित÷सञ्चालित यूनाइटेड दैनिक र यूनाइटेडखबर डटकमको प्रकाशक तथा सम्पादक हुन् ।
जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजन लगायतमा काम गरिकेका गुरुङ नेपाल पत्रकार महासंघ कास्कीको पूर्व उपाध्यक्ष हुन् भने फोनिजको सल्लाहकार पनि हो ।
