Sunday, June 28News That Matters

बलात्कार गरेको आरोपमा १ जना पक्राउ

पूर्णपुष्टि, चैत २ 

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनाश गाउँपालिका–७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेको हो ।

बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टालीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।