Thursday, May 7News That Matters

बसको ठक्करबाट एक पैदलयात्री घाईते

झापा, भदौ २४ गते 

झापाका शिवसताक्षीको पश्चिम बस स्टेनमा बसको ठक्करबाट एक जना पैदल यात्रि घाईते भएको छ । शिवसताक्षी नगरपालिका–८ का पश्चिम बस स्टेनको पूर्व पश्चिम राजमार्गमा पैदलयात्री घाईते भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ६६९० नम्बरको बसले स्थानिय ६० वर्षीय जदपतिप्रसाद साहलाई दिउँसो १२ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउने वितिकै प्रहरी घटनास्थल पुगी घाईते साहलाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पठाएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।