
पूर्णपुष्टि,मंसिर २६
बझाङको बित्थडचिरमा बसको ठक्करबाट २ बर्षीया बालिकाको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका–९ सुनकुडाकी दीपिका विष्टलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीकाअनुसार चालक दीपक बोहोरा र बसलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलत पठाएको प्रहरीले जनाएको छ ।
