Wednesday, May 20News That Matters

बसेर समय बिताउनेहरुलाई व्यामको कति आवश्यक

पूर्णपुष्टि, मंसिर २४

कुनै पनि क्रियाकलाप विना बसेर समय बिताउनेहरुलाई व्यामको अति आवश्यक देखिन्छ । यसरी एकोहोरो तरिकाले बसिरहँदा शरिरमा धेरै स्वास्थ्य समस्याहरु आउने गर्दछ ।

पछिल्लो समय गरिएको एउटा उपयोगी अध्ययनले सक्रिय र निष्क्रिय दुवैथरी जीवनशैली अपनाएकाहरूको आनीबानीकै हिसाबले जीवन कति लामो वा छोटो भन्ने तय पनि गर्छ भनेर पत्ता लागेको छ ।

अध्ययनमा दसौं हजार मानिसका विवरण संकलन गरी उनीहरूका दैनिकी विश्लेषण गरिएको थियो। त्यसमा असाध्यै कम हलचल गर्ने मानिसहरू युवावस्थामै मृत्युको शिकार हुने उच्च जोखिममा रहेको देखिएको थियो ।

मानिसका चालचलनबारे हालै गरिएका सर्भेहरूमा एक वर्षयता महामारी प्रकोपसँगै धेरैले एक वर्ष अगाडिको तुलनामा आफ्नो सक्रियता घटाएर एकै ठाउँ बसेको बस्यै गर्न थालेको देखिएको छ।

यो शारीरिक गतिहिनताले शरीरमा दीर्घकालीन समस्या पैदा गर्नेछ भन्नेमा कुनै शंकै छैन । महामारीबारे अघिल्लोपटक अध्ययन गरेका थुप्रै विज्ञहरूले पनि यसरी बसेको बस्यै गर्ने प्रवृत्ति र मृत्युको आपसी सम्बन्ध केलाएका थिए । त्यो अध्ययनले सक्रियभन्दा सोफासेटमा बसेरै समय काट्ने मानिसहरू चाँडै मृत्युको मुखमा पुग्ने देखाएको थियो ।

सन् २०१६ मा दस लाख मानिसमा एउटा यस्तै अध्ययन गरिएको थियो। त्यो अध्ययनमा महिला वा पुरुषले दिनमा करिब ६० देखि ७५ मिनेट मात्रै व्यायाम गर्दा बाँकी समय बसेको बस्यै हुँदाका समस्याहरू मेटिने देखाएको थियो ।

पहिले भएकै जस्तो स्वरूपको उक्त अध्ययनले मान्छेलाई उनीहरू कतिबेर बसे वा हिँडडुल गरे भनेर सोधेको थियो। अध्ययनमा यो मात्र सोध्नुले समस्या निम्त्याउन सक्छ। किनकी आफ्नो जीवनको सक्रियता बढाइचढाइँ सुनाउनु र बसाइलाई धेरै प्राथमिकता नदिनु अधिकांश मान्छेको स्वाभाव हुन्छ । अनि अध्ययनमा समावेश भएकाहरूले भरपर्दो जवाफ नदिने सम्भावना धेरै हुन्छ ।