Saturday, May 16News That Matters

बस दुर्घटनामा ३ जनाको को मृत्यु, दर्जनौ बपत्ता

साउन २४ गते ।

सर्लाहीको मलंगवाबाट काठमाण्डौँ जादै गरेको बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ । बस दुर्घटनामा करिब १६ जना घाईते भएका छन् भने दर्जनौ यात्रु नदीमा बेपत्ता भएको आशंका गरिएको छ ।

विहान करिब ३ः३० बजे ना ६ ख ७४६९ नम्बरको रात्रिबस धादिङको बेनी रोराङ गाउँपालिका–३ सलाङघाटमा दुर्घटना भई त्रिशूलीमा तीन जानको मृत्यु भएको हो । बस सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको तर सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उद्दार गरी विभिन्न अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बसमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । तीन जनाको मृत्यु र १६ जनाको उद्धार गरिएकाले बाँकी यात्रु त्रिशूली नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । बसमा सवार यात्रु यकिन नभएकाले कति जना बेपत्ता भएको पुष्टि नभएको प्रहरीले जनाएको छ ।

३८ यात्रु सवार रहेको जानकारी पाएको भएपनि बाटोमा यात्रु झार्ने र चढाउने गरेकाले कति यात्रु भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।