Sunday, June 28News That Matters

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

पूर्णपुष्टि,फागुन २४

दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार लमही नगरपालिका–८ निम्बुखुटीका ३० बर्षीय प्रकाश थापा र सोही ठाउँका २३ बर्षीय तिलक थापाको दुर्घटनामा मृत्यु भएको हो ।

ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।