
पूर्णपुष्टि,फागुन ३
बहुविवाह मुद्दामा अदालतले कैद र जरिवाना तोकिएपछि फरार रहेका एक जना सप्तरीबाट पक्राउ परेको छ । सुरुङ्गा नगरपालिका–७ बस्ने २८ वर्षीय उमेश चौधरीलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।
चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि २०७६ साल भदौ ५ गते उमेशलाई प्रहरीले पक्राउ गर्दा जिल्ला अदालतले २०७६ साल भदौ ३० गते जिल्ला अदालतको आदेशले तत्काल रु ५० हजार धरौटि बुझाएर रिहा भएका थिए ।
सोही मुद्दामा जिल्ला अदालतले २०७६ साल पुस ८ गते ५ हजार जरिवाना र ११ महिना १२ दिन कैद हुने आदेश दिएको थियो । उक्त आदेशपछि फरार भएका चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
