Wednesday, June 10News That Matters

बहु बिवाहको मुद्धामा फरार प्रतिवादी पक्रउ

पूर्णपुष्टि, पुष २२

उदपुरमा बहु बिवाहको मुद्धामा फरार प्रतिवादी पक्रउ परेको छ । त्रियुगा नगरपालिका–६ बस्ने ३१ बर्षीया यसोमति कुमारी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत उदयपुरले चौधरीलाई २०७६।१०।०२ गते को फैसलाले बहु बिवाह मुद्धामा ११ महिना ५ दिन कैद र १० हजार जरिवाना भई फरार रहेकी चौधरीलाई हिजो १२ को समयमा पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यन्वयनको लागी जिल्ला अदालत उदयपुर बझाएको छ ।