
पूणर्पुष्छि, साउन १७
निर्माण सम्पन्न भएपनि कोरोनाका कारण तत्काल संञ्चालनमा आउन नसकेको विश्वकै लामो भनिएको झोलुङगे पुल शुक्रबार बाट संञ्चालन भएको छ ।नेपालमा बनेको बाग्लुङ र पर्वत जोड्नो सो पुललाई बिश्वकै लामो पुलको रुपमा अनुमान गरिएको छ ।
निर्माणकै क्रममा लकडाउन भएपछि बिभिन्न समस्याको बावजुत पनि बैशाखमै पुल निर्माण सम्पन्न भएको थियो तर कोरोना जोखिमका कारण तत्काल संञ्चालनमा ल्याउन सकिरहेको अवस्था भने थिएन ।
नागरिकको चाहना र दबाब बढी भएकाले पुल तत्काल सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले भन्यो ‘हामी सुरक्षा पोस्ट व्यवस्थापन गरेर मात्रै चलाउनु पर्छ भन्नेमा थियौँ यसका लागि केही समय लाग्थ्यो तर नागरिकको चाहनाले तत्कालै खोल्यौ ।
पुल संञ्चालनमा आएपछि पुलमा घुम्ने र पुलको अवलोकन गर्नेहरुको अत्यादिक भिँड बढेको स्थानीयहरुले जनाएको छ । दिनभर सयौँको संख्यामा सर्वसाधारणहरु पुुलमा आवतजावत गर्ने, फोटो खिच्ने गर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै केही स्थानीयले चिन्ता व्यक्त समेत गरेको छ ।
कुनै सुरक्षा सचेतता नअपनाई पुल सञ्चालनमा ल्याउँदा कोरोना संक्रमणको जोखिम बढ्ने अवस्था आउनाले तत्काल स्वास्थ्य सुरक्षा सचेतता र समन्वय आवश्यक रहेको सामाजिक अगुवा खिमानन्द कँडेलले बताउनु भयो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष पहलमा रु.४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थमन्त्रालयले स्वीकृति दिएपछि पुल निर्माण थालिएको थियो । अत्याधुनिक उपकरणबाट पुलका लठ्ठा तानेको नेपालमा पहिलो पटक हो ।
२०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको थियो । पहिलो पटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चूनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । यस पुलको लम्बाई ५७६ मिटर छ । नगरपालिकाले यसको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकायमार्फत पहल थालेको छ । सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर हालसम्म ४९८ मिटर भन्दा बढीको नभएको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिए ।
