Monday, July 13News That Matters

बाघको छालासहित १ जना पक्राउ

पूर्णपुष्टि, चैत १५ 

कैलालीमा बाघको छालासहित एक जना पक्राउ परेको छ । मोहन्याल गाउँपालिका–७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका–३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ पक्राउ परेको हो ।

विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले जैशीलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला चेकजाँच गर्दा बाघको छाला लगायतका वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

बाघका छाला, खप्पर, बंगरा र जुंगासहित पक्राउ परेका जैशीलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।