Friday, May 22News That Matters

बाढी पहिरोमा परि हराइरहेका २५ जनाको खोजी कार्य जारी

पूर्णपुष्टि, भदौ १९

बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोमा परि हराइरहेका २५ जनाको आज पनि बिहानैदेखि खोजी कार्य भइरहेको छ ।

हिजो राति अबेरसम्म खोजी गरेको टोलीले आज पनि बिहानैदेखि खोजी गरिरहेको छ । अहिले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा  नेपाली सेना, नेपाल प्रहरीलगायतको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

अहिले प्रभावितहरु आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीलगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा राहत वितरण गरिरहेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापाको टोली आज फेरि प्रभावित क्षेत्रमा जाने भएको छ ।

हिजो मौसम खराब भएकाले हेलिकप्टर पोखराबाटै फर्किएको थियो । बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ भने  ३१ घर पूर्ण क्षति भएका छन् ।