Tuesday, May 12News That Matters

बाबुको कुटाइबाट ९ बर्षिय छोरा घाइते, कानुनी कार्वाहीको लागि बाबु प्रहरी हिरासतमा

खोटाङ/बैशाख, ३०

खोटाङमा आफ्नै बाबुको पिटाइबाट छोरा घाइते भएकाछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–वडा नं ६ नेर्पाका ९ बर्षिय बालक पवन तामाङ आफ्नै बाबु संकर तामाङको निर्घात कुटपिट बाट घाइते भएको हो ।

गरिब परिवारमा जन्मिएको पवनको २ दाजु र १ जना भाई छ । आमा २ बर्ष अघिनै अर्कै संग बिबाह गरेर पोइला गएकीछीन् । आमा पोइला जानुभन्दा अघि विद्यालय जाँदै गरेको ४ बालकहरु अहिले विद्यालयबाट पनि बञ्चित भएको छ ।

ज्याला मजदुरी बाट जिजिको पार्जन गर्दै आएको पवनको परिवारमा गरिबिकै कारण झगडा भइरहने छिमेकीहरुले बताए । मादक पदार्थ सेवन गरी छोरोलाई निर्घात कुटिएको छिमेकीहरुको भनाइ छ ।

आफ्नै ३५ वर्षीय बुबा शङ्कर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अङ्गमा लौरोको नीलडाम बसेको छ । बुबाको कुटाइबाट घाइते बनेका बालकलाई टाउको फुटेर रक्ताम्मे भएपछि रोइरहेको अवस्थामा सोमबार फेला पारेर उद्धार गरिएको वडाध्यक्ष माधव राईले बताए ।

‘बुबाबाट कुटिइने पवन शङ्करका साइँला छोरा हुन् । ‘निर्घात कुटाइ खाएका पवनलाई नेर्पा स्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि जिल्ला अस्पताल दिक्तेल ल्याएर थप उपचार थालिएको अध्यक्ष राइले बताए ।

छोरालाई रक्ताम्मे बनाइ कुटेर आत्मीयता गुमाउने बाबुलाई जिल्ला प्रहरी कार्यलय खोटाङले सोमवारै नियन्त्रणमा लिइसकेको छ । उनलाई ७ दिनको म्याद थपि आवश्यक कार्वाही थालिएको जनाइएको छ ।

घरैबाट पक्राउ परेका शङ्करलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएलगत्तै ७ दिनका लागि हिरासतमा राखेर कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।

गरिबिका कारण पवन लगाएत अन्य दाजुभाईहरु पढाइ छोडेर अर्काकोमा ज्यालामजदुरी र खेलेर समय विताउँदै आएको छिमेकीहरुले बताए ।

आर्थिकरूपमा विपन्न बालकलाई जिल्ला अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण उपचार खर्च छुट गरिएको अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।

समस्याको सामधान नहुन्जेल सम्म ४ बालकहरुलाई वडाले नै खाने वस्ने व्यवस्था गरेको वडा अध्यक्ष राईले बताए । ‘बुबा घर नआएसम्म चार दाजुभाइलाई वडा कार्यालयको संरक्षणमा राखिने राईले बताए । ‘पकाएर खानसमेत नसक्ने उनीहरुलाई फुपूले पकाएर दिनेगरी चामल, दाल, सागसब्जीलगायत सम्पूर्ण व्यवस्था गरिने राईले बताए ।’