Wednesday, August 5News That Matters

बाम्फोक प्रहार गरेर मामाको हत्या

पूर्णपुष्टि, कार्तिक २८ गते ।
मोरङको उर्लाबारी नगरपालिका–८ का एक जना युवकले धारिलो हतियार बाम्फोक (दाउ) प्रहार गरेर मामाको हत्या गरेका छन् । २२ वर्षीय सुजना पाँचकाटीले बाम्फोकले हानेर जिल्लाको पथरीशनिश्चरे घर भएका मामा ४२ वर्षीय काजी महराको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । खाना खाएर सुतेका उनीमाथि भान्जा (बहिनीका छोरा) सुजनले आइतबार राति ११ः४० बजेतिर बाम्फोकले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
निद्रामा बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहानका राति १ बजेतिर उनको मृत्यु भएको र शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेर अनुसन्धान थालेको छ । हत्याको कारण खुलेको छैन प्रहरीले जनाए ।