
पूर्णपुष्टि, जेठ २८ गते ।
आज बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिका स्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका–७ का १९ र २७ वर्षीय पुरुष, ५ न. वडाका ४५ र २७ वर्षीय पुरुष, ६ न. वडाका २३ र ३८ वर्षीय पुरुष, ३ न. वडाका १२ र २ का ४० वर्षीय पुरुष रहेका छन् ।
संक्रमित सबै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमण पुष्टि भएका सबै जना भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका थिए ।
