
पूर्णपुष्टि, पुस ११ ।
वालवालिकाको चौतर्फी ज्ञानको विकासमा टेवा पर्याउन वालसाहित्यलाई अगाडी बढाउनु पर्ने भन्दै उदयपुरमा बालकथा लेखन तालिम भएको छ ।
जाल्पा एकिकृत विकास समाज उदयपुरको आयोजना तथा वल्र्डभिजन इन्टरनेशनल नेपाल, फिल्ड कार्यालय विराटनगरको सहयोगमा पढाई शिविर सहजकर्ता र अभिभावकहरुलाई तालिम दिइएको हो । ताप्ली गाउँपालिकाको सहकार्य रहेको तालिममा कथा लेखन, वाचन, पठन र शैक्षिक सामग्री निर्माणसमेत सिकाइएको थियो ।
वालकथामा वालवालिकाका विशेष रुची हुने र बाल साहित्यले नै वालमनोविज्ञान अनुरुप चौतर्फी ज्ञान र चेतना जगाउने भएकाले यस्तो तालिमको आयोजना गरिएको वल्र्डभिजनका शिक्षा कार्यान्वयन संयोजक अजयकुमार साहले बताउनुभयो ।
चारदिने तालिम पौष १० गते सम्पन्न भयो । तालिममा नेपालमा सबैभन्दा बढि बाल कथा लेख्ने युवा साहित्यकार यशु श्रेष्ठले प्रशिक्षण दिएका थिए । श्रेष्ठले सवासय बढि बालकथाका पुस्तक लेखिसकेका छन् । उहाँ शब्द विहिन, चित्र बालकथा पुस्तक ल्याउने पहिलो व्यक्ति पनि हुनुहुन्छ ।
सिकाइ अवसरका लागि पहँच प्रवद्र्धन परियोजना अन्तर्गत जिल्लाको विभिन्न ठाउँमा बालबालिकाका लागि पढाई शिविर सञ्चालन हुदै गरेको छ । उक्त शिविरहरुमा बालबालिकालाई मनपर्ने बालकथा, चित्रकथाहरु पढाईन्छन् । ति सामग्रीहरु अव स्थानीय स्तरबाट पनि तयार हुनुका साथै शिविरका सहजकर्ताहरु आफैले पनि बालकथा सिर्जना गर्न सकोस् भन्ने तालिमको उद्देश्य रहेको बाल विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले बताउनुभयो । तालिममा पाएको सिर्जनशिल ज्ञान र सिपले शिविर सञ्चालन र पठन पाठनमा अझ सहजता आउने सहभागिहरुले बताएका छन् ।
तस्बिरहरु :

