Thursday, May 7News That Matters

बालदिवसमा बालबालिकासंग मेयर

उदयपुर, भदौ ३० गते ।

बाल दिवसको अबसरमा उदयपुरमा बालबालिकाहरुले सम्बन्धित निकायसंग सवालको जवाफ खोजेका छन् ।

बालबालिकासंग मेयर कार्यक्रमको आयोजना गरि मेयर लगायत प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उधोग बाणिज्य संघ, मानव अधिकारकर्मीसंग सवाल राखेका थिए । उनीहरुले बाल अधिकार, बाल सहभागिता, बालस्रम, छात्रबृत्ती, बाल क्षेत्रको लगानी बारेमा सवालहरु राखेका थिए ।

त्रियुगा नगर बालक्लव सञ्जालको आयोजनामा भएको कार्यक्रममा १६ वटै वडाका बालबालिका प्रतिनिधिहरुले सहभागिता संगै विभिन्न सवालहरु राखेका थिए ।

वालवालिकाले उठाएका सवालहरुको जवाफ मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी ध्रुब खड्का, प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगर, नगर शिक्षम समितिका संयोजक मानबहादुर राई, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइली, मानव अधिकारकर्मी महेश्वरी राई लगायतले जवाफ दिएका थिए ।

त्रियुगा नगरपालिकाको सहयोगमा भएको कार्यक्रम प्रभावकारी भएको सहभागिहरुले बताए ।