
पूर्णपुष्टि, माघ १५
बिगगन्जमा बालबिबाहको आरोपमा बेहुला र बेहुलाको बाबु पक्राउ गरेको छ । १९ बर्षिय युवक र १७ बर्षिय युवती बिबाहको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा रहेको बिरगन्ज प्रहरीले जनाएको छ ।
माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज–१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।
‘बाल विवाह गरेको उजुरी दिने हद म्याद तीन महिनाको हुन्छ, १७ वर्षको केटीसँग बाल विवाह गरेको जानकारी आएपछि उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।
बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।
मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ ।
