
पूर्णपुष्टि, जेष्ठ २
बालिका करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५२ वर्षीय भीमबहादुर बनलाई माहानगरिय परिसर भक्तपुरले पक्राउ गरेको हो । बनलाई १४ बर्षिया बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बनले ती बालिकालाई सोही ठाउँको टहरामा करणी गरेको भन्ने खबर प्राप्त भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
