
पुर्णपुष्टि,असोज १३
वालिङमा आज बालुवा झिक्ने क्रममा पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा हुन् ।
उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएको प्रहरीले जनाएको छ ।

बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालले जनाएको छ ।

