Tuesday, May 5News That Matters

बाल विकासको पुरानो कागजपत्र नष्ट

उदयपुर, साउन २४ गते ।

उदयपुरमा बाल विकास समाज नेपालले पुराना काम नलाग्ने कागजपत्र जलाएर नष्ट गरेको छ । जिल्लामा स्थापना भएदेखिको काम नलागने कागजपत्र शुक्रबार नष्ट गरेको हो ।

 

२०५५ सालमा स्थापना भएको बाल विकास समाज नेपालले २१ वर्ष पुराना काम नलाग्ने कागज पत्र त्रियुगा नदि किनारमा जलाएर नष्ट गरेको बाल विकास समाज नेपाल उदयपुरले जनाएको छ ।

 

भौतिक परिक्षण समितिको बैठकले पुराना काम नलाग्ने कागज पत्र नष्ट गर्ने निर्णय अनुसार नष्ट गरेको बाल विकास समाज नेपला उदयपुरको सामाजिक सुरक्षा अधिकृत तेचराज श्रेष्ठले बताए । कार्यालयमा भएका काम नलाग्ने परिमार्जन नभएका किताब, काटुन, व्यानर लगायतका कागजपत्र नष्ट गरेको उनले बताए ।

समितिको निर्णय अनुसार स्थापना कालदेखिको काम नलाग्ने पुराना कागजपत्र छानोट गरी नष्ट गरिएको अधिकृत श्रेष्ठले बताए । वषौँ पुराना काम नलाग्ने कागजपत्र कर्मचारीको सहयोगमा छानिएको थियो । धेरै कार्यक्रमहरु संचालन भई सकिएपनि काम नलाग्ने कागजपत्र राखिएको थियो ।

कुनै प्रकारको काममा प्रयोग नहुने कागजपत्रहरु नष्ट गरिएको बाल विकास समाज नेपाल उदयपुरले जनाएको छ ।