
पूणर्पुष्टि, मंसिर ७
करताता सेवा कार्यलयले सप्ताव्यापी कार्यक्रमको रुपमा मनाउँदै आएको नवौँ राष्ट्रिय कर दिवस सम्पन्न भएको छ । मंसिर ३ गते बाट बिभिन्न कार्यक्रम तथा अभियानहरु संञ्चालन गर्दै आएका कार्यलयले आइतबार कार्यक्रमलाई समापन गरेको हो ।
विगत झै यो बर्ष पनि बिभिन्न महत्वपूणर् कार्यक्रमहरु सँगै कर सप्ताह कार्यक्रमको समापन भएको करदाता सेवा कार्यलय गाईघाटका कर अधिकृत सुमन बुढाथोकीले बताउनुभयो ।

नवौँ राष्ट्रिय कर दिवसमा बिषेशगरी आर्थिक ऐन २०७७ मा लिएको छुट सुविधा बारे राजश्व छुट (कर स्किम) सम्बन्धि बिषेश रुपमा प्रचार प्रसार गरिएको बुढाथोकीले बताउनुभयो । उदयपुरको मुख्य बजाहरु गाईघाट, कटारी, बेल्टार र रामपुर लगाएत व्यपारी केन्द्रहरुमा यसको व्यापक प्रचार प्रसार गरिएको उहाँले बताउनुभयो
यो वर्षको कर चुक्ता गर्दा बिभिन्न ४ प्रकारका सुविधा लिनसक्ने कर अधिकृत बुढाथोकीले बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७५/७५ देखि ०७६/७७ सम्मको आय विवरण बुझाउँदा सोमा लाग्ने कर ०७७ फागुन मसान्तसम्म दाखिला गरी स्थायी लेखा नम्बर लिएर करको दायराभित्र आउनेलाई शूल्क तथा व्याज मिनाहा हुने बताउनुभयो ।
त्यसैगरी वार्षिक ५० लाखभन्दा बढी कारोबार गरेको तर, निकायगत पान नलिई कारोबार गरेर आय विवरण पेश नगरेकालाई आर्थिक ऐन ०७७ ले ०७३/७४ वा सोभन्दा अघिको आय विवरण, सो अनुसार आयकर र सोमा लाग्ने व्याजको २५ प्रशित हुने हर्जाना रकम पनि ०७७ फागुनभित्र बुझाए छुट पाउने व्यवस्था गरिएको छ ।
०७५ असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउन बाँकी करदाताले आर्थिक ऐन ०७७ को दफा २१ (३) ले दिएको सुविधा बमोजिम बुझाउनुपर्ने कर विवरण, सो अनुसारको भ्याट र त्यसमा लाग्ने व्याजको ५० प्रतिशत लाग्ने हर्जाना रकम ०७७ फागुनसम्म बुझाएमा जरिवाना र थप दस्तुर तथा बाँकी व्याज मिनाहा हुने करदाता सेवा कार्यालयले जनाएको छ ।
समापन कार्यक्रममा कार्यलयका उत्कृष्ट कर्मचारी र सबै भन्दा बढी कर बुझाउने यो बर्षको उत्कृष्ट फर्म (कम्पनी) लाई अभिनन्दन समेत गरिएको छ । कटारीको नेपाल टे्रडिङ्ग एण्ड हार्डवेर प्रालीलाई कार्यलयले सम्मान पत्र सहित अभिनन्दन गरेको हो । त्यसैगरी कार्यलयको उत्कृष्ट कर्मचारीलाई पनि अभिनन्दन गरिएको छ । उत्कृष्ट कर्मचारीको रुपमा काम गर्न सफल टेक बहादुर कार्कीलाई नगद रु ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो ।
