
पूर्णपुष्टि,फागुन ९
१२ बर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा बालिकालाई बलात्कार गरेकोे र प्रमाण मेटाउन,शव जलाउन सहयोग गरेका ९ जना आरोपीहररुले आत्मसर्पण गरेका छन् । हिजो कुण्डवा चैनपुर थानामा उनीहरुले आत्समर्पण गरेको बिहार प्रहरीले जनाएको छ ।
एक साताभित्र गिरफ्तारी नदिए घर सम्पत्ती जफत हुने अदालतको सूचनाको म्याद सकिनु एक दिनअघि उनीहरुले आत्मसमर्पण गरेका हुन् । ९ जना मध्ये ४ जनाले बालिकामाथि करणी गरी हत्या गरेको आरोप रहेको र अन्य ७ विरुद्ध करणीको प्रमाण मेटाउने र जलाएको आरोप छ ।
बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको उजुरी दर्ताको ९ दिनपछि मात्रै प्रहरी घटनास्थलमा पुगेका थिए ।
गत माघ ८ गते बारबर्दिया नगरपालिका—३ कि १२ वर्षीया बालिका सुमित्रा विकलाई भारत बिहार राज्यमा सामुहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बिहार राज्यको पूर्वी चम्मारण जिल्लामा परिवारका साथ बस्दै आएको सुमित्रामाथि सामूहिक बलात्कारपछि हत्या गरी जलाइएको थियो ।
