
पूणर्पुष्टि, साउन, ८
नेपाली बजारमा सुनको भाउ दिन दिनै नयाँ रेकर्ड राख्दै बढीरहेको छ । हिजो बुधवारको सुनको दर रेट प्रति तोला ९४ हजारले किन बेच भएको थियो भने, बिहिबार मात्र तोलाको ५ सयले रेट बढेर प्रति तोला ९४ हजार ४ सयमा किनबेच भइरहेको छ ।
बुधबार मात्रै प्रतितोला १३ सय रुपयाँले बढेर ९४ हजार पुगेका थिए । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व अर्थतन्त्रमा देखिएको कोरोना असरका कारण सुनको भाउ बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने उनको भनाइ छ ।
