
पूर्णपुष्टि, भदौ २३
बैंक तथा वित्तीय संस्थाका राजस्व सङ्कलन हुने शाखा तथा काउन्टर विहिबारसम्म खुल्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबार, बुधबार र बिहीबार राजस्व सङ्कलन हुने सबै शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको छ ।
सरकारले बिहीबारसम्म राजस्व तिरिसक्न करदातालाई जानकारी गराएको छ । राजस्व उठाउने म्याद बिहीबारसम्म भएकाले बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका धेरैजसो शाखा बन्द छन् । भिड हुन नदिन तीन दिन सबै शाखा खोल्न भनिएको राष्ट्र बैंकले जनाएको छ ।

