पूर्णपुष्टि, फागुन २० ।
मानसिक समस्याबाट पालिकाबासी पिडित नबनुन् भन्ने उद्देश्यले दुईदुई महिनाको अन्तरालमा नगरपालिकाले आयोजना गर्दै आएको मानसिक उपचार शिविर आज पनि सम्पन्न भएको छ ।
बेलका स्वस्थ्य चौकीमा आयोजना भएको शिविरबाट एकसय दुईजनाले परिक्षण गराएका छन् । पालिकाबासीलाई लक्षित गरी गरिने शिविरमा काठमाडौं स्थित टिचिङ हस्पिटलका डाक्टर भीडी शर्माले परिक्षण गर्ने पालिकाले जनाएको छ । परिक्षण पछि निःशुल्क औषधि नगरपालिकाको तर्फबाट उपलब्ध गराईने गरिएको छ । शिविर आयोजनाका लागि नगरपालिकालाई सिएमसी नेपाल संस्थाको सहयोग रहेको बताइएको छ ।
विगत एकवर्षदेखि हरेक दुईवर्षमा आयोजना हुने शिविर आगामी दिनमा पनि निरन्तर आयोजना हुने बताइएको छ ।
