
पूर्णपुष्टि, असार १२
उदयपुरमा आज १५ जनामा कोरोना पुष्टि भएको छ । १० महिला र ५ पुरुष गरी १५ जना थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
कार्यालयका अनुसार आज थप हुनेहरुमा बेलकाकाको १४ र त्रियुगाको १ जना रहेको छ । यो सहित जिल्लामा कुल संक्रमितको संख्या २२२८ पुगेको छ । आज कोरोना बाट २० जना निको भएको छ । यो सँगै जिल्लामा कुल निको हुनेको संख्या १७२९ पुगेको छ । यता मर्नेको संख्या आज पनि सुन्य रहेको छ । हाल सम्म जिल्लामा मृत्यु हुनेको संख्या ४९ जना रहेको छ ।
