पूर्णपुष्टि, कार्तिक १३
आसन्न मंसिर ४ गतेको चुनावलाई लक्षित गरी बेलका नगरमा गठबन्धन दलका साझा उम्मेदवारहरुले आफ्नो चुनावी गतिविधिलाई तिव्र बनाएका छन्। गठबन्धन दलका तर्फबाट उदयपुर क्षेत्र नं १ प्रतिनिधी सभा तर्फका प्रत्यक्ष तर्फका साझा उम्मेदवार डा. नारायण खड्का (नेपाली कॉग्रेस) र प्रदेश सभा तर्फका उदयपुर क्षेत्र नं १ (क) का राजन किराती ‘बासु’ (नेकपा माओवादी केन्द्र) ले आफ्नो निर्वाचन क्षेत्रमा शनिवार बेलका नगरपालिकामा कार्तिक १२ गतेबाट चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
बेलका ९ रामपुर बजार स्थित सम्पर्क कार्यालयको उद्धघाटन गर्दै उदयपुर क्षेत्र नं १ (क) का प्रदेश सभा उम्मेदवार राजन किराती ‘बासु’ ले चुनावी अभियानको सुरुवात गरेका हुन्।
कार्यक्रमका संयोजक तथा नेकपा माओवादी केन्द्रका बेलका नगर अध्यक्ष मनोज तामाड०ले सबैखाले संका उपसंका हटाएर राष्ट्रिय आवश्यकता भनेकै गठबन्धनको उम्मेद्वाररलाई जुनसुकै मुल्य चुकाएर भएपनि बिजयी बनाउनु रहेको बताए ।

कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धन क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कॉग्रेसका नेता खगेन्द्र राईले गठबन्धनका साझा उम्मेदवारलाई बिजय गराउन बर्तमान राष्ट्रिय आवश्यकता भएकोले सबै गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरुको पहिलो प्राथमिकता साझा उम्मेद्वारलाई बिजयी गराउनु रहेको बताए। नेकपा एस बेलका नगर अघ्यक्ष तथा निर्वाचन परिचालन समितिका सह संयोजक नवराज भट्टराईले नेपाली जनताको संविधान च्यात्न खोज्ने ओली र ओलि प्रवृतिको बिरुद्ध गठबन्धनका सबै उम्मेद्वारले जित्नै पर्ने र जिताउनु पर्ने बताए ।
सम्पर्क कार्यालय उद्धघाटन पछि उम्मेद्वारहरु सहित गठबन्धनका नेता तथा कार्यकर्ताहरुले रामपुर बजार क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको गठबन्धनका प्रचार प्रसार समितीका सह संयोजक ललित राईले बताए। राईका अनुसार चुनावी माहौल गठबन्धनको पक्षमा जनलहर बढ्दै गएको रिपोर्टहरु आईरहेको बताए।निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन बेलका नगर स्तरिय निर्वाचन परिचालन समितीले आवश्यक तयारी पुरा गरिसकेको र थप रणनितीहरु बन्ने क्रममा रहेको समेत राईले बताए ।

