Sunday, June 28News That Matters

बेलकामा जुत्ता चप्पल उद्योगको उद्घाटन

जयराम पूर्वछाने मगर
बेलका, असार १७

बेलका नगरपालिका–५ घुम्नेमा जुत्ता चप्पल उद्योग संचालन भएको छ । स्थानीय भोजराज कटुवालले संचालन गरेको उद्योगको आज नगरका मेयर दुर्गाकुमार थापाले उद्घाटन गर्नु भएको हो ।

उद्योगको उद्घाटन गर्दै मेयर थापाले, मेसिन औजार, सिप तालिममा सहयोग गर्ने बताउनुभयो । छिटो आम्दानी दिने पेशाको रुपमा चप्पल उद्योग हो । बट्टाइ चरा पालन, तरकारी पालन लगायतको छिटो आम्दानी दिने पेशाबाट धेरै आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।

सुरक्षित भविष्यको आधार, सुविधा सम्पन्न पुर्वाधार नाराका साथ नगरपालिकाले गत वर्ष ५० बढि उद्यमीहरुलाई अनुदान वितरण गरेको छ । उद्यमीहरुले नै नगरमा सुन्दरता थपेको बेलका नगरपालिकाका उप प्रमुख राजकुमारी चौधरीले बताउनुभयो ।

मलेसियाबाट करिब ७ महिना अगाडी घर फर्कैका कटुवालले आफ्नै ठाउँमा केहि गर्ने सोच बनाएर ३ लाख ७० हजार ब्यक्तिगत लगानीमा उद्योग संचालन गरेको हो । उद्योगबाट दैनिक १२ सय थान चप्पल उत्पादन हुने संचालक कटुवालले बताउनुभयो ।

एकल महिला, विपन्न समुदायका व्यक्तिलाई रोजगार दिने बताउनुभो । उत्पादित चप्पललाई स्थानीय बजार मै पहिला बिक्रि गर्ने उदेश्य रहेको उहाँले बताउनुभयो । अहिले कच्चा पदार्थ विराटनगरबाट ल्याइ रहेका छन् । लकडाउन खुलेमा व्यवसायलाई विस्तार गर्ने सोच रहेको बताउनुभयो ।

कार्यक्रममा नगरका सल्लाहकार नारद निरौला, नगरका नेकपाका अध्यक्ष मनोज तामाङ्ख, नेकपाका सचिव गणेस बस्नेत, ५ न. वडाका वडाध्यक्ष गोविन्द खड्का, जनजाती महासङ्ख बेलकाका अध्यक्ष ललित राई, नगरका उद्योग शाखा प्रमुख जिरा राई उपस्थित हुनुहुन्थ्यो ।