Sunday, June 28News That Matters

बेलकामा लागुऔषधसहित १ युवा पक्राउ

पूर्णपुष्टि,मंसिर ३०

उदयपुरको बेलकामा लागुऔषधसहित १ जना युवा पक्राउ परेको छ । बेलका नगरपालिका–३ का १९ वर्षिय कौशल माझीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषधको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनलाई बेलका नगरपालिका–५ बाट इलका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले नियन्त्रमा लिएको हो ।

उनको साथबाट १० ट्याब्लेट नाईट्राभेट बरामत भएको प्रहरीले जनाएको छ । पक्राउ परेको माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।