उदयपुर, मंसिर ३० गते ।
उदयपुरको बेलकामा एक जना मृत फेला परेको छ । रामपुर–भागलपुर सडक खण्ड अन्र्तगत बेलका नगरपालिका–९ को तामाङ टोलमा विहान करिब ६ः१५ बजे कृष्णबहादुर नेपाली मृत फेला परेको हो ।
सुनसरी जिल्लाको रामधुनी नगरपालिका–६ कालाबन्जर बहत्तरविघा स्थाई घर भई हाल चौदण्डिगढी नगरपालिका–४ ससुराली बस्दै आएका ५२ वर्षीय नेपाली मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
शव पोष्टमार्टमको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
