Sunday, June 21News That Matters

बेलकामा ६० लाख बराबरको अक्सिजन प्लान्ट र चौदण्डीमा पिसिआर मेशिन राख्ने उदयपुर बिकास बोर्डको निर्णय

पूर्णपुष्टि, जेष्ठ ४

उदयपुर सरकार प्रमुखहरुको समिति उदयपुर बिकास बोर्डले आज गरेको छलफलमा बिभिन्न ४ बिषयमा निर्णय गरेको छ । बोर्डका अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा बसेको भर्चुअल छलफलमा महत्वपूर्ण ४ बुदा सहित छलफल भएको हो ।

छलफलमा कोरोना माहामारीको अवस्थालाई ध्यान गरी उदयपुरे जनताहरुको सुरक्षालाई मध्यनजर गर्दै बेलकामा अक्सिजन प्लान्ट राख्ने छलफल भएको छ । अक्सिजन प्लान्टको लागि नगरपालिकाहरुले १० लाखको दरले बजेट तयार गर्ने र गाउँपालिकाहरु बाट ५ लाखको दरले बजेट बिनियोज गर्ने भएको छ । साथै उक्त निर्णयले चौदण्डीगढीमा रहेको उदयपुर कोरोना अस्पतालमा पिसिआर मेशिन राख्ने बारे पनि छलफल गरेको छ । मेशिन खरिदका लागि समितिले सेभ द चिल्ड्रेन उदयपुर र सम्पूर्ण पालिकाहरुलाई सहयोग अनुरोध गर्ने भएको छ ।

यसैगरी बोर्डले अर्को पनि महत्वपूर्ण बिषयमा छलफल गरेको छ । आगामी आर्थिक बर्षको पुर्बधार तर्फको बजेट जिल्ला भरिका १८ बर्ष भन्दा माथिकाको लागि कोरोना खोप ब्याबस्था गर्न बिनियोजन गर्ने निर्णय भएको छ । खोप खरिद गर्न बिनियोजित रकम स्वीकृतिको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने र कोरोना नियन्त्रण गरि कोरोनामुक्त उदयपुर जिल्ला घोषणा गर्न एकीकृत योजना बनाउने निर्णय पनि छलफलमा निर्णय भएको छ ।

साथै बोर्डले कोरोना बाट मृत्यु भएकी सप्तकोशी नगरपालिकाकी उपमेयर आशादेवी चौरीको दुखद घटनालाई स्मरण गर्दै हार्दिक श्रदान्जी तथा परिवार प्रति धैर्यधारणको कामना समेत ब्यक्त गरेको छ ।