
पूर्णपुष्टि, बैशाख २
उदयपुरको बेलका नगरपालिकाले स्वाप कलेक्सन बुथ राख्न सफल भएको छ । स्वाप कलेक्सनका लागि प्रयोग हुने उक्त बुथ नेपाल इन्जिनियरिङ एशोसिएसन, इटहरी च्याप्टरले बनाएको हो । उक्त बुथ क्वाप केलेक्सनका लागि सुरक्षित मानिएको छ । पालिकाको ५५ हजार लागतमा इन्जिनियरिङ एशोसिएसन इटहरीको तर्फबाट उक्त बुथ बनाइएको हो । उक्त बुथको बजार मुल्य भने ९० हजारको हाराहारीमा पर्ने बताइन्छ ।
उक्त बुथबाट स्वाप नमुना लिदा स्वस्थ्यकर्मी तथा त्यहाँ खटिनेहरु सुरक्षित हुने दावी गरिएको छ । उक्त बुथलाई वडा नं. ८ को सप्तकोशी क्वारेन्टाइनमा राखेर प्रयोग गरिने पालिकाले जनाएको छ । उक्त बुथबाट सुरक्षितरुपले स्वाप कलेक्सन गरी परिक्षणका लागि धरान पठाउन सकिने भएको छ ।
