
पूर्णपुष्टि, असोज २४
मोरङको बेलबारीमा जुवा खेलिरहेका छ जना पक्राउ परेका छन् । बेलबारी नगरपालिका–४ गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका हुन् ।
स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार बेलुका साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बेलबारी नगरपालिका–३ मैनावारी टोल निबासी ४० वर्षीय रित गुरुङ, बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग निबासी ५६ वर्षीय सुजय गौतम, ५२ वर्षीय चन्द्र लिम्बु, झापाको दमक नगरपालिका–५ मन्टेश्वरी टोलका ३२ वर्षीय धमेन्द्र राई, सुनसरीको ईटहरी उपमहानगरपालिका– १ हलगडाका ४७ वर्षीय प्रदीप तामाङ र धनुषाको चारनाथ गणेशमान नगरपालिका–८ पोर्ताहका ५० वर्षीय पर्शुराम भुजेल पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, २ लाख ५३ हजार नगद तथा स्कार्पियो गाडी, मोटरसाइकल र स्कुटरसमेत बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

