Thursday, April 30News That Matters

बेलकाको अक्सिजन प्लान्टलाई संगम पुस्तकालय र रिड नेपालको २ लाख आर्थिक सहयोग

पूर्णपुष्टि, असार १७ 

उदयपुरको बेलका नगरपालिकामा निर्माण हुन लागेको अक्सिजन प्लान्टका लागि चौंतर्फिकरुपमा सहयोगहरु जुटीरहेको छ । कोरोनाको नियन्त्रण तथा रोकथामका लागि निमार्ण गर्न लागिएको अक्सिजन प्लान्टका लागि विभिन्न स्थानबाट सहयोग प्राप्त भइरहदा संगम सामुदायीक पुस्ताकालय र रिड नेपालले पनि आर्थिक सहयोग गरेको छ । पुस्तकालय र रिड नेपाल संस्थाले बुधबार रु.२ लाख बराबरको चेक बेलका नगारपालिकाका मेयर दुर्गा कुमार थापालाई हस्तान्तरण गरिएको हो ।

पछिल्लो समय अक्सिजनको चरम अभाव भए सँगै संचालनमा ल्याउन लागेको अक्सिजन प्लान्टले प्रती घन्टा १ हजार १ सय ५० क्युबिक मिटर अर्थात दैनिक ३८ सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्ने मेयर थापाले जानकारी दिनुभयो । थापाका अनुसार अक्सिजन प्लान्ट जडान गरेर उत्पादन शुरु भएपछि अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितहरु को लागि एकै पटक धेरै जनालाई अक्सिजन दिन सक्ने बताउनुभयो । अक्सिजन प्लान्ट निर्माण पश्चात कुनै पनि संक्रमितले अक्सिजनको अभावमा अकालमै मृत्युबर गर्नु नपर्ने उहाँले बताउनुभयो ।

पुस्तकालयका अध्यक्ष भरत खड्काले विसम परिस्थितीको सामना गर्न बेलकामा निर्माण हुन लागेको अक्सिजना प्लान्टको कार्यलाई सफताको शुभकामना दिनुभयो । पठन संस्कृतिको पूर्वाधार ः पुस्तकालयको विकास र विस्तार एक स्थानीय तह ः एक नमुना पुस्तकालय निरन्तर अभियान अन्तर्गत रिड नेपाल र पुस्तकालयको तर्फबाट २ लाखको चेक हस्तान्तरण गरेको अध्यक्ष खड्काले बताउनुभयो ।