
पूर्णपुष्टि, चैत २ गते ।
बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट २१ जनाको मृत्यु भई सकेको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको विभिन्न संचारमाध्यमहरुले जनाएको छ ।
बेलायतमा ११ सय ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कोरोना नियन्त्रणका लागि राष्ट्रिय प्रयासमा भाग लिन स्वास्थ्य लगायत सबै क्षेत्रसँग बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आग्रह गरेका छन् ।
अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाएको थियो ।
