Monday, April 20News That Matters

बैकल्पिक बाटो प्रयोग गर्ने सहमति

कटारी / पुस १७ गते ।
आशिष बस्नेत

कटारीमा टिफर र ट्रकहरुले चुनढुङ्गा ढुवानी गर्दा बैकल्पिक बाटो प्रयोग गर्ने सहमति भएको छ । मारुती सिमेन्टको चुनढुङ्गा ढुवानी गर्दा खोलाको बाटो प्रयोग गर्नु पर्नेमा सहमति भएको हो ।

टिफरहरुले ढाला बराबर मात्रै ढुङ्गा ढुवानी गर्नु पर्ने, ढुङ्गा ढुवानी गर्दा सडक विगारेमा मर्मत सुधार र धुलो उडेको ठाउँमा पानी छिट्ने कम्पनीले गर्नु पर्नेमा कम्पनी सहमती भएको छ ।

धुवा धुलोबाट पिडित स्थानीय र कम्पनी विच भएको छलफलबाट उक्त सहमती भएको हो । विगतका वर्षहरुमा झै यस वर्ष पनि टिफर ट्रक संचालन गर्ने सहमती भएको स्थानीयहरुले बताएका छन् ।