Wednesday, June 10News That Matters

बैतडीमा कुटपिटबाट एकको ज्यान गयो

 पूर्णपुष्टि,कार्तिक ११

बैतडीमा कुटपीटबाट एकजनाको ज्यान गएको छ । पञ्चेश्वर गाउँपालिका–३ डुङरीका ३२ वर्षीय कमलबहादुर साउँदको ज्यान गएको प्रहरीले जनाएको छ ।

साउँदमाथि कुटपीट भएलगत्तै उनलाई उपचारका लागि धनगढी पठाएको थियो । धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाएको थियो । साउँदको कोहलपुर नपुग्दै हिजो बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साउँदलाई स्थानीय ज्ञानेन्द्र चन्द्र र विरेन्द्र चन्दले माधक पर्दाथ सेवन गरी गत असोज ९ गते राती कुटपीट गरेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । कुटपीटमा संलग्नध भएका  ज्ञानेन्द्र चन्द र विरेन्द्र चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।