
पुर्णपुष्टि, बैशाख ६
नेपाल सरकारले बैशाख अन्तिमसम्म धेरै भीडभाड हुने सबै क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । त्यसमा फिल्मि हलहरु पनि समावेश छन् । शहरी क्षेत्रमा कोभिड–१९ को जोखिम बढेको भन्दै आज गरेको मन्त्रिपरिषद्को बैठकमा विद्यालय , चलचित्र भवन , रात्रीकालिन व्यपसाय लागायतको क्षेत्रहरु सञ्चालनमा नल्याउने सरकारले निर्णय गरेको हो ।
गएको वर्षमात्रै पौष २६ गते देखि सरकारले ५० प्रतिशत अकुपेन्सिमा हलहरु सञ्चालन गर्न दिएको थियो । हलहरु सञ्चालनमा आयतापनि चलचित्र हेर्न आउने दर्शकहरुको उपस्थिति भने पातलो देखिएको थियो । हलहरु सञ्चालनमा आएको ३ महिनामा फेरी बन्द गरिने भएको छ ।
३ महिनासम्म खुलेको हलमा नयाँ विदेशी र नेपाली फिल्म रिलिज भएतापनि हलमा दर्शकको उपस्थिती भने पातलो देखिएको थियो । बैशाख अन्तिमसम्म फिल्मी हलहरु बन्द भएपछि कहिले देखि सरकारले सञ्चालनमा ल्याउने, त्यो अनुमान गर्न नसकिने अवस्था सिर्जना भएको छ ।
