
झापा, चैत्र २८
झापा बुद्धशान्तिमा बोलेरोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बुद्धशान्ति गाऊपालिका–३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरोको ठक्करबाट वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुषको मृत्यु भएको हो ।
शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको पुरुषलाई ठक्कर दिई घाईते भएका उनको वि एण्ड सी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटना गराउने बोलेरो र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
