Tuesday, April 21News That Matters

ब्यपारीहरुले पसल खोल्न पाउनु पर्ने माग राख्न थाले

 पूणर्पुष्टि, जेष्ठ, २०

कोरोनो भाईरसका कारण लामो समय सम्मको लकडाउनका कारण व्यपार व्यवसाय चौपट भएको भन्दै देशभरका व्यवसायीहरुले व्यवसायलाई सहज गर्नु पर्ने माग राख्न थालेको छ ।

यहि शिलशिलामा काठमाण्डौ स्थित जोरपाटीको व्यवसायीहरुले मंगलबार प्रदर्शन समेत गरेका छन् ।  कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । यो अवधिसम्म आइपुग्दा लकडाउनले जिउन समेत मुस्किल हुन थालेको भन्दै लकडाउन खुकुलो पार्न जनस्तरबाट माग हुँदै आएको छ ।

सरकारले भने लकडाउनलाई ३२ जेठसम्म बढाउने निणर्य गरिसकेको छ । यद्यपि, सरकारले निणर्यलाई थप व्याख्या गरेर केही स्थानमा लकडाउन खुकुलो बनाउन सकिने बारे छलफल गरिरहेको छ । व्यवारीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । उनिहरुलाई प्रहरीले भिँडभाँड भएको भन्दै प्रदर्शनबाट खेदेका थिए ।