
झापा, श्रावण २३
झापामा लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेको छ । बाह्रदशी गाउँपालिका–३ बस स्टेण्डबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेको हो ।
ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय मिलन भुजेललाई १ ग्राम ब्राउन सुगर सहित बिहिवार बिहान १० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
