
सुनसरी, असोज २७
सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । धरान–१५ बिशालचोकका ३८ बर्षीय विजयकुमार रोक्का लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेको हो ।
को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका रोक्कामाथी ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

