
पूर्णपुष्टि, असोज २२
झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन ।
भारत घर भई झापाको बिर्तामोड–९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेको हो । हिजो साझँ ६ बजे उनलाई बिर्तामोड सैनिक मोडबाट ६ ग्राम ५ सय मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी सुनसरी ईटहरी–५ निबासी २३ बर्षीय प्रविण राई ब्राउनसुगरसहित पक्राउ परेको छ । उनलाई हिजो दिउँसो ५ बजे ईटहरीको एक खाजा घर होटलबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको कोठा समेत खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पोका पारि लुकाई छिपाई राखिएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राईको साथबाट नगद १ लाख ५० हजार समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सुराकका आधारमा खिएको प्रहरी टोलीले राय र राईलाइ खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

