Tuesday, June 30News That Matters

ब्राउन सुगरसहित १ भारतिय नागरिक पक्राउ

झापा, बैशाख ६

झापाको दमक नगरपालिका–६ नमुना मार्गबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषधसहित भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ बर्षीय सिद्धिक आलम पक्राउ परेको हो । आईतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १ सय ६० मिलिग्राम फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेकामाथी थप अनुसन्धान प्रहरीले जनाएको छ ।