
मोरङ, चैत्र ३
झापा र मोरङबाट सोमबार लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीपुलबाट ईलामको ईलाम नगरपालिका २ का २५ बर्षीय मन्दिप श्रेष्ठलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी–५ का ४१ बर्षीय पदम बहादुर तामाङ र बराहाक्षेत्र–५ का ३३ बर्षीय राम कुमार चौधरीलाई लागूऔषध ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधमा प्रयोग भएका उनीहरुले चलाएको को २७ प ६६९२ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
