Thursday, May 7News That Matters

ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा, असोज २९ गते ।

झापाको मेचीनगरबाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो ५ बजे पक्राउ परेका हुन् ।
लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको अर्जुनधारा नगरपालिका–६ निबासी १५ वर्षीय दिपेश विक, १६ वर्षीय पदम राई १७ वर्षीय सुजन भुजेल र भारत बतासे निबासी २१ वर्षीय सुभशंकर दासलाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट बट्टा भित्र लुकाई छिपाई ल्याउँदै गरेको एक ग्राम ५ सस मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहारीले जनाएको छ ।
लागु औषध ब्राउन सुगरसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।