Wednesday, June 10News That Matters

ब्राउन सुगरसहित ४ जना पक्राउ

पूर्णपुष्टि, फागुन १८ 

ईलाममा ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

इलामको सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बु पक्राउ परेकोे जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

उनीहरुको साथबाट ७ सय ५० मिलिग्राम ब्राउन सुगर, स्टिलको प्लेट एक थान, नेपाली पाँच रुपैयाँको नोट तीन थान र लागुऔषध सेवनमा प्रयोग हुने ढुङग्रोसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले सोमवार साँझ ५ बजे उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।