Wednesday, May 20News That Matters

ब्राउन सुगर सहित ३ जना पक्राउ

बिराटनगर, फाल्गुन २६ गते । 

मोरङ र झापाको विभिन्न ठाउँबाट १६ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ पगरेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेका प्रहरी टोलीले हिजो साँझ साँढे ६ बजे बेलवारी नगरपालिका–८ निबासी २९ बर्षीय कमानसिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतिय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटेका प्रहरी टोलीले बिर्तामोड नगरपालिका–७ निबासी ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका–१३ निबासी २२ बर्षीय बिष्णु गिरीलाई ब्राउनसुगरसहित पक्राउ गरेका हुन् ।

उनीहरुको साथबाट १ ग्राम २५ मिलिग्राम ब्राउन बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तीन जना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस् ।

ईलामको माङसेबुङमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–६ नागी निबासी २६ बर्षीय भुपाल राईको मृत्यु भएको हो ।

घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा हिजो दिउँसो २ बजे रूख ढलेर किच्दा राई घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।